Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, तपाईको समाजवाद डा. गोविन्द केसीको सत्याग्रहसँग किन डराउँछ?’



काठमाडौं, २४ असोज – नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई चेतावनी दिएका छन्।

सत्याग्रहमा रहेका डा. केसीको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दै शाहीले तत्काल माग पूरा गरी जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

समाजवाद ल्याउने भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक भनेको स्मरण गर्दै डा. केसीले उठाएका आधारभूत तहका नागरिकको सरोकारलाई किन बेवास्ता गरियो भनि प्रश्न गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, नागरिकका न्यूनतम आवश्यकता पूरा गर्नु सरकारको दायित्व हो कि होइन? तपाईको समाजवाद डा. गोविन्द केसीको सत्याग्रहसँग किन डराउँछ?,’ युवा नेता शाहीको प्रश्न छ, ‘डा. केसीका माग पूरा नगरे त्यसको परिणाम के आउँछ, सोच्नु भएको छ?’

कोरोना प्रकोप नियन्त्रण गर्न असफल भइसकेको सरकारले डा. केसीले उठाएका माग सम्बोधन नगरेर अर्को गल्ती गरेको शाहीको धारणा छ।

माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरी चिकित्सा शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको शुरुआत गर्न पनि नेता शाहीले सरकार र शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन्।

डा. गोविन्द केसीको सत्याग्रहमा नेपाली कांग्रेसको ऐक्यवद्धता, प्रवक्ता शर्माले के भने?

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २४ आश्विन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल