Logo

प्रदेश-१

नेपाल तरुण दल सिनामको अध्यक्षमा बन्दुविक्रम थेबे



ताप्लेजुङ, २२ असोज – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको सिरिजंघा–१ सिनाम वडा कार्यसमिति गठन गरिएको छ। युवा नेता बन्दुविक्रम थेबेको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति गठन गरिएको हो।

नेपाली कांग्रेस सिनामका सभापति भीमकुमार इवारमको अध्यक्षतामा सम्बन्न बैठकबाट गठित वडा कार्यसमितिको उपाध्यक्षा बुद्धिमान खत्री, सचिवमा विजयप्रकाश थेबे, सहसचिवमा राकेश थेबे र कोषाध्यक्षमा भेषाङ थेबे चयन भएका छन्।

त्यसैगरी, सदस्यमा आशिष थेबे, शरदचन्द्र इवारम, अनिल थेबे, सागर थेबे, लोकेश अधिकारी, राजु याक्सो, श्रीचन्द्र इवारम, सञ्जीव थेबे, कमल गुरुङ र उत्तम इवारम चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा सभापति भीमकुमार इवारमले सिनामका युवाहरूलाई एकताबद्ध बनाएर गाउँको विकास र नयाँ जनआधार तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

युवा नेता नेत्रराज क्षेत्रीले सिनाम नेपाली कांग्रेसको बलियो संगठन रहे पनि आन्तरिक कारणले पार्टी विभिन्न समयमा असफल भएका कारण अब युवाहरू परिचालन गरी नयाँ शैलीका साथ अघि बढ्ने बताएका छन्।

डा. गोविन्द केसीको सत्याग्रहमा नेपाली कांग्रेसको ऐक्यवद्धता, प्रवक्ता शर्माले के भने?

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल