Logo

प्रदेश-१

उदयपुरमा फर्किंदै कांग्रेसको शान, नेकपा परित्याग गरी ६ सय जना कांग्रेसमा



उदयपुर, २० असोज – नेपाली कांग्रेस उदयपुरले संगठन विस्तारको काम तीव्र पारेको छ। पार्टीलाई सशक्त बनाउने उद्देश्यले केन्द्रीय तथा जिल्ला नेताहरूले सांगठानिक सुदृढीकरण तीव्र पारेका हुन्।

यसैक्रममा सत्तारुढ नेकपा परित्याग गरी ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरेका छन्।

त्रियुगा नगरपालिका वडा नम्बर–१० को बृहत पार्टी प्रवेश कार्यक्रममा ६ सय जना नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले कोभिड–१९ को विश्वव्यापी महामारीमा पनि वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताएका छन्।

नेता खड्काले कोरोनाको महामारीको समयमा पनि सरकार स्वास्थ्य सामग्री खरिदमा कमिशनको भुमरीमा फसेको धारणा राखेका छन्।

प्रदेशसभा सांसद हिमाल कार्की, नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार, उदयपुर जिल्ला पार्टी सभापति विदुर बस्नेत, क्षेत्रीय सभापति बसन्तकुमार बस्नेत, वडा नम्बर–१० का वडाध्यक्ष प्रकाश खड्काले पनि नेपाली कांग्रेसको संगठन सुदृढीकरण गरी आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

डा. गोविन्द केसीको सत्याग्रहमा नेपाली कांग्रेसको ऐक्यवद्धता, प्रवक्ता शर्माले के भने?

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल