Logo

आर्थिक

होटल म्यानेजमेन्ट पढेका कलाकार प्रदीपको ‘दारीवाला चिया’



काठमाडौं, २० असोज – नवोदित कलाकार प्रदीप रावलले होटल म्यानेजमेन्टको पढाई पूरा गरे। पढाईकै दौरान प्रदीपलाई विदेशबाट केही अवसरहरू आए।

तर, नेपालमै केही गर्छु भन्ने अठोटका साथ उनले नेपालमै उद्यम शुरु गर्ने संकल्प गरे। र, काम शुरु गरे। ‘जे गर्छु म स्वदेशमै गर्छु, यो मेरो संकल्प हो,’ उनले भने।

कलाकारिता क्षेत्रमा अघि बढ्दै गर्दा प्रदीपको ध्यान होटल म्यानेजमेन्टको क्षेत्रमा पनि थियो। जीवनमा आएका अनेक आरोह–अवरोहलाई विस्तारै व्यवस्थापन गर्दै अघि बढ्ने गर्छन् उनी।

यही शिलशिलामा प्रदीपले पुरानो बानेश्वरमा ‘दारीवाला चिया’ पसल सञ्चालनमा ल्याएका छन्। करिअरको शुरुआत साझेदारीबाट गरे पनि अहिले एकल लगानीमा व्यवसाय शुरु गरेको उनले बताए।

‘नेपालमा अथाह सम्भावना छ, होटल म्यानेटमेन्ट पढ्दा मलाई धेरै आइडिया भयो, त्यसैले अहिले चिया पनि नयाँ शैलीमा बनाउन थालेको छु,’ प्रदीपले भने, ‘दारीवाला चियालाई उत्कृष्ट ब्राण्डको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छु।’

नेपाली उत्पादनको मसला तयार गरे र सस्तो मूल्यमा चिया बेच्ने प्रदीपले कलाकारिता क्षेत्रमा पनि योगदान दिएका छन्। ‘व्यावसायिक रुपमा चिया पसल सञ्चालन गर्नुको उद्देश्य युवालाई नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने।

हेर्नुहोस् युवा व्यवसायी प्रदीप रावलसँगको अन्तरवार्ताः

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल