Logo

समाचार

हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण, फेसबुकमार्फत दिए यस्तो सन्देश



काठमाडौं, २० असोज – वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हास्य कलाकार आचार्यले फेसबुक पेजमार्फत् आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परीक्षण गराएको जानकारी दिँदै आचार्यले मंगलबार आएको रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरूले होम आइशोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ आचार्यले लेखेका छन्।

‘यहाँहरूको माया, आशिर्वाद र शुभेच्छाका कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछौं,’ आचार्यले लेखेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल