Logo

मनोरञ्जन

महानायक राजेश हमालको चेतावनी, ‘कोरोना केही होइन भनेर लापरबाही गर्न मिल्दैन’



काठमाडौं, २० असोज – कोरोनाको कहरका कारणले बन्द भएका धेरै क्षेत्र खुलिसकेका छन्। तर, चलचित्र घरलगायत मनोरञ्जन क्षेत्र अझै खुल्न सकेको छैन।

अब चलचित्र घर खोलेर चलचित्र गतिविधि गर्न सरकारले दिनुपर्ने माग कलाकर्मीहरुले गरिरहेका छन्। अभिनेता राजेश हमालले भने कोरोनाको कहर अन्त्य नभएसम्म चलचित्र घर खोल्न उपयुक्त नहुने बताएका छन्।

वातावरण सहज नभएसम्म फिल्म हल खोल्दा भोलिका दिनमा केही अप्ठ्यारो पर्ने स्थिति समेत आउन सक्ने उनको भनाई छ। ‘सुरक्षाका सबै उपाय अपनाइएको छ भने बिस्तार बिस्तार खोल्न सकिन्छ,’ उनले भने, ‘कोरोना केही होइन भनेर अहिले लापरबाही गर्न मिल्दैन।’

पछिल्लो समय फिल्म अभिनयबाट टाढा रहेका हमाल आफै पनि फिल्म निर्देशकको रुपमा देखिने तयारी गर्दैछन्। कोरोनाको कहर सकिने बितिकै आफू पनि फिल्म निर्देशकको रुपमा अगाडि आउने हमालले बताए। ‘मेरो निर्देशन रहने फिल्मको लेखन लगायतका तयारी भइरहेको छ,’ उनले भने।

महानायक हमालले कस्तो कथामा फिल्म बन्ने र कलाकार को–को रहने भन्ने विषयमा हमालले केही बताएका छैनन्। ‘फिल्ममा निर्देशनको अलवा मुख्य अभिनेताको जिम्मेवारी म आफै निर्वाह गर्नेछु,’ उनले थपे।

हुन त राजेशको फिल्म निर्देशन गर्ने योजना केही अगाडिकै हो। यो समय उनको फिल्म निर्माणमा गइसक्थ्यो। तर, कोरोनाको कारणले गर्दा ढिलो हुन पुगेको छ।

फिल्म ढिलो हुन पुगेपछि उनी अहिले म्युजिक भिडियो अभिनयमा बिताइरहेका छन्। फिल्मको काम गर्ने माहोल नहुँदा म्युजिक भिडियोमा काम गर्ने सोच आफूमा आएको उनले बताए।

लकडाउनयता १२ म्युजिक भिडियो अभिनय अफर आएको बताएका राजेशले एक भिडियो अभिनय गरिसकेका छन्। केही गर्ने रुटिन रहेको छ।

केही अगाडि कोरोनाका कारण आर्थिक समस्यामा रहेका चलचित्र प्राविधिक संघका सदस्यहरुलाई राहत सहयोग समेत गरेका राजेशको आगामी दिनका तीन योजना रहेका छन्। ती हुन् आफ्नै टिमसँग फिल्म निर्माण, बाहिरको फिल्म अभिनय र भाईको सामाजिक संस्थाबाट समाजसेवा।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल