Logo

राजनीति

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण



काठमाडौं, १७ असोज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको हो।

थापाले शनिबार राति ९ः४८ मा ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका हुन्।

‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ, मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु,’ थापाले ट्वीटमा भनेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल