Logo

राजनीति

प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, १७ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको हो।

साथै, प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको छ।

सचिवालयका चालक तथा सबै कर्मचारीको शुक्रबार स्वाब परीक्षण गरिएको प्रेस सल्लाहकार थापाले बताए। उनका अनुसार अहिलेसम्म चार जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।

प्रेस सल्लाहकार थापाले अब प्रधानमन्त्री ओलीको पनि स्वाब परीक्षण हुने जानकारी दिएका छन्। ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,’ थापाले फेसबुकमा लेखेका छन्।

विदेश मालिला सल्लाहकार रिमालले पिसिआर नतिजा पोजेटिभ आएको जानकारी गराएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न आग्रह पनि गरेका छन्।

रिमालले ट्वीट गर्दै पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको बताएका छन्। ‘यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ रिमालले ट्वीटमा भनेका छन्।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल