Logo

राजनीति

‘गृहमन्त्रीज्यू, बलात्कारको घटना सामान्य होइन, सम्झना विकले न्याय पाउनै पर्छ’



काठमाडौं, १६ असोज – प्रतिनिधिसभा सदस्य एवं जनता समाजवादी पार्टीकी नेतृ प्रज्ञा ढकालले जघन्य अपराधमा मिलापत्र गरेर अपराधीलाई छुट दिन नसकिने प्रष्ट पारेकी छिन्।

बझाङकी बालिका सम्झना विकको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा धारणा राख्दै नेतृ ढकालले अब बलात्कारीसँगै समाजमा रहेका तिनका मतियारहरूलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिएकी हुन्।

‘दैनिकजसो बलात्कार र हत्याका घटना भइरहँदा गृहमन्त्री यो सामान्य हो भनिरहनुभएको छ, गृहमन्त्रीको त्यस्तो भनाई र सरकारको निरीहताप्रति खेद व्यक्त गर्न चाहन्छु,’ ढकालले भनिन्, ‘बलात्कारीलाई उन्मुक्ति नदिन र कडाभन्दा कडा सजायको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।’

नेतृ ढकालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानवीनको विषय अझै निष्कर्षमा पुग्न नसकिरहेका बेला यस्ता कयौं आपराधिक घटना हुनुले समाजमा गम्भीर चिन्ता छाएको ढकालको धारणा छ।

‘अहिले पनि ती हत्याराहरू खुलमखुल्ला हिँडिरहेका छन्, पक्राउ परेका छैनन्, केही दिनअघि बझाङमा १२ वर्षीया सम्झना विकको बलात्कारपछि नृशंस हत्या भयो, बलात्कारमा संलग्न व्यक्तिलाई साधारण मिलापत्र गरेर छाडिदिँदा सम्झनाले न्याय पाउने अवस्था रहेन,’ ढकालले भनिन्।

बलात्कारी मात्रै होइन यस्तो जघन्य अपराधमा पनि मेलमिलाप गराएर दोषी चोख्याउनेहरू पनि अपराधी ठहरिने उल्लेख गर्दै नेतृ ढकालले उनीहरूलाई पनि कानूनी कारबाही गर्नुपर्नेमा जोड दिएकी छिन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल