Logo

प्रदेश-१

सम्झनाको श्रद्धाञ्जलिसभामा युवाको उद्घोष, ‘अन्यायविरुद्ध अब झापाबाटै नयाँ विद्रोह’



प्रकाश दाहाल, झापा, १५ असोज – बझाङमा बलात्कारपछि हत्या भएकी सम्झना कामीलाई श्रद्धाञ्जलि अर्पण गर्दै न्यायका निम्ति झापाको बिर्तामोडमा बृहत प्रदर्शन भएको छ।

बिर्तामोडस्थित मुक्तिचोकमा भेला भएका युवाहरूले सम्झनाप्रति श्रद्धासुमन अर्पण गर्दै हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गरेका हुन्।

सामाजिक अभियन्ता नारायण कडरियाका अनुसार १३ वर्षीया सम्झना कामीको हत्यारालाई कडा सजायको माग गर्दै प्रदर्शन र श्रद्धाञ्जलिसभाको आयोजना गरिएको हो।

स्वतन्त्र युवाको समूहले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै बलात्कार, हत्या लगायतका महिला तथा दलितमाथिको हिंसाका अपराधमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

युवा समूहले बिर्तामोड बजार परिक्रमा गरेको थियो। जोशिलो कवितामा एटुजेड समूहका युवा डान्सरले नृत्य गरे। अधिकारकर्मी सावित्री सुवेदीको अगुवाईमा नाराबाजीपछि। कोणसभा भएको थियो।

प्रज्ञा प्रधानले ‘आमा दिदी बहिनी हो’ बोलको कालजयी गीत सुनाइन्। अभियन्ता कडरियाले उत्पीडित र शोषित पीडितको पक्षमा २९ सालमा झापा विद्रोह गर्ने कम्युनिस्ट नेताहरू नै सत्तामा छँदा देशमा अराजकता बढेको बताए।

सरकारले मुलुकमा महिला, दलित, जनजाति, मुस्लिम र अल्पसंख्यकको हित रक्षा गर्न नसकेको बताउँदै कडरियाले अन्यायपूर्ण शासनविरुद्ध झापाबाटै नयाँ विद्रोह हुने चेतावनी दिए।

तस्वीर सौजन्यः विनोद पाण्डे

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल