Logo

विज्ञान/प्रविधि

बेल्जियममा नेपालीको चमत्कार! लडाकू विमान जोगाउने नयाँ वैज्ञानिक आविष्कार



ओम शर्मा, बेल्जियम, १४ असोज – बेल्जियम बस्दै आएका नेपाली युवा अजय अधिकारीको समूहले प्याच कन्फ्रिगरेशन सम्बन्धी नयाँ आविष्कार गरेको छ। यसबाट विज्ञान प्रविधिको क्षेत्रमा विकासको नयाँ अध्याय थपिएको निर्माता अधिकारीले बताएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको यो आविष्कारले ड्रोनको निगरानीबाट लडाकू विमानहरूलाई बचाउन सक्ने छ। नयाँ शोधको पहिलो चरण प्रयोगशालाको परीक्षण सम्पन्न भएको र सफल भएको छ।

अजयको आविष्कारले वैज्ञानिक मापदण्डअनुसार अन्तर्राष्ट्रिय कानूनी मान्यता प्राप्त गरेपछि विमानहरूमा वा अन्य वस्तुमा ड्रोनको निगरानीबाट बचाउन यो प्रविधिको प्रयोग हुने छ।

सैन्य सामग्री पत्ता लगाउन ड्रोनमा प्रयोग हुने एल्लो डिटेक्टर भनिने निगरानी प्रणालीलाई छक्याएर यो आविष्कारले लडाकू विमानहरूलाई विरोधीहरूको निशानाबाट सुरक्षित राख्न सक्नेछ।

ड्रोन क्यामराबाट कुनै व्यक्तिको अनुहार या अन्य कुनै वस्तु लुकाउन पनि यसको प्रयोग गर्न सकिने छ। ‘स्वचालित ड्रोनले छायाङ्कन गर्ने डाटा र श्रव्यदृश्यहरूलाई सुरक्षित गर्न प्रविधि सहयोगी हुनेछ,’ अधिकारीले भने।

नेदरल्याण्डको अप्लाइड साइन्टिफिक रिसर्च सेन्टरका लागि अजय अधिकारीको समूहले गरेको अनुसन्धानले पत्ता लगाएको यो प्रविधिले वस्तु र ठाउँको निगरानी गर्ने प्रविधिको जगतमा नयाँ सोचको विकास गर्ने विश्वास गरिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूले उनीहरूको आविष्कारका बारेमा लेखहरू प्रकाशित गरी सकेका छन्। नेदरल्याण्डमा सन् १९३२ मा स्थापना भएको अप्लाइड साइन्टिफिक रिसर्च सेन्टर नेदरल्याण्डले यसको स्वामीत्वको वैधानिक प्रक्रिया पूरा गरिरहेको छ।

कास्की जिल्लामा जन्मिएका अजय बुवा राज अधिकारी र आमा कान्ती अधिकारीसँग बेल्जियममा बस्दै आएका छन्। उनी एक वर्षदेखि यो अनुसन्धानमा लागेका थिए।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल