Logo

मनोरञ्जन

गायक सुरेन्द्र राईको ‘तिम्रो छेउ बस्दा’मा मण्डल थेबे र सिर्जना निंलेखुको अभिनय (भिडियाे)



काठमाडौं, १३ असोज – बेलायतलाई कर्मथलो बनाएका गायक सुरेन्द्र राईको ‘तिम्रो छेउ बस्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रामशोभा राईको युट्युब च्यानलमार्फत् गायक राईको गीत सार्वजनिक भएको हो।

बेलायतमै छायांकन भएको म्यूजिक भिडियोमा सिर्जना निंलेखु, मण्डल थेबे र गायक राईको अभिनय रहेको छ। माया प्रेमसम्बन्धी प्रस्तुति रहेको म्युजिक भिडियोमा संकटको बेला समेटिएको प्रेम देखाइएको छ।

गायक राई सांगीतिक क्षेत्रमा अघि बढ्न निरन्तर लागिरहेका छन्। राईको पहिलो गीति एल्बम् ‘एकान्तमा’ हो। र, उक्त एल्बम्मा ४ वटा गीत छन्।

सांगीतिक क्षेत्रमा नौलो प्रयोग गर्न रुचाउने गायक राईले आगामी दिनमा अझै श्रृतिमधुर सांगीतिक कोशेली प्रस्तुत गर्ने बताए। कोभिड–१९ को विश्वव्यापी प्रभावले पनि म्युजिक भिडियो सार्वजनिक गर्न ढिलाई भएको राईले बताए।

‘म्युजिक भिडियोको छायांकन पनि मेहनतका साथ गरिएको छ, कोरोना प्रकोपलाई दृष्टिगत गरी आधारभूत सुरक्षा अपनाएरै हामीले सुटिङ ग¥यौ,’ राईले भने, ‘दर्शकको माया र प्रतिक्रिया निकै राम्रो आइरहेको छ।’

म्युजिक भिडियोमा अभिनय गरेका मण्डल थेबेले आफ्ना लागि यो नयाँ अनुवभ भएको बताए। ‘म सैन्य सेवामा कार्यरत, तर अभिनयको अनुभव पनि गज्जब रह्यो,’ सिरिजंघा–१ सिनाम स्थायी घर भएका थेबेले भने।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल