Logo

समाज

रोट्रयाक्ट क्लब अफ रुद्रमति बबरमहलको अध्यक्षमा ऋषि कडरिया



काठमाडौं, ११ असोज – रोट्रयाक्ट क्लब अफ रुद्रमति बबरमहलको नवौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार भएको क्लबको आठौं नेतृत्व चयन कार्यक्रमबाट ऋषि कडरिया वर्ष २०२०/२१ को अध्यक्षमा चयन भएका हुन्।

क्लबका वर्ष २०१९/२० का अध्यक्ष दिपक न्यौपानेले कडरियालाई अध्यक्षको माला लगाएर आगामी वर्षको नेतृत्व हस्तान्तरण गरेका थिए। पद हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका नवनिर्वाचित अध्यक्ष कडरियाले “हुमानिटि फर कम्युनिटी” भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। रोट्रयाक्ट क्लबको यस वर्षको अध्यक्ष पदमा निर्वाचित भएसँगै यस क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरब महसुस भएको कडरियाले बताए। पेशाले फर्मासिस्ट रहेका कडरियाले व्यक्तित्व विकास, अवसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने जानकारी दिए। गत वर्ष जस्तै र त्यो भन्दा बढी र राम्रो काम गर्ने लक्ष्यसहित आफू अघि बढेको र सबैको साथ , सल्लाह र अपेक्षाको आशा रहेको उनले बताए।

पद हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ रुद्रमती, काठमाडौंका प्रेसिडेन्ट सुदिप कोइरालाले रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि बिभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै विशिष्ट काम गर्न नयाँ प्रेसिडेन्ट कडरियालाई शुभकामना दिए। कोरोना महामारीको समय मा प्रेसिडेन्ट भएका कारण थप अवसर र चुनौती आउने हुँदा ती कुरालाई दृष्टिगत गर्दै फरक ढंगबाट काम गरेर क्लबलाई अघि बढाउने सुझावसमेत उनले दिए।

कार्यक्रममा रोटरी क्लब अफ रुद्रमतिका सेक्रेटरी रोशन कार्कीले नवनिर्वाचित अध्यक्ष कडरियालाई सपथ ग्रहण गराएका थिए भने कडरियाले बोर्ड मेम्बरलाई सपथ ग्रहण गराएका थिए। त्यस्तै, कार्यक्रममा नयाँ मेम्बरलाई समेत सपथ ग्रहण गराएर ब्याच वितरण गरिएको थियो।

कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष दिपक न्यौपानेले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। न्यौपानेले एक वर्षमा धेरै प्रोजेक्ट गर्न सफल भएको भन्दै सबै मेम्बर र बोर्डका सबै सदस्यहरूलाई साथ र सहयोगको लागि धन्यवाद दिएका थिए।

कार्यक्रममा पूर्व अध्यक्ष किशोर त्रिपाठी, कृष्ण ढकाल, नरेन्द्र ऐयर, दिपक न्यौपाने २०१९/२० का बोर्ड मेम्बरहरूका साथै सिस्टर क्लबका मेम्बरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। भने वर्ष १९/२० मा क्लबका कार्यक्रममा उत्सुकताका साथ सहभागिता जनाउने प्रजिता घिमिरे ,पृथ्वी श्रेष्ठ, मनोज पाठक, आशिक श्रेष्ठ लगायतका मेम्बरहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल