Logo

स्वास्थ्य

एकैदिन थप १० जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, ४ असोज – नेपालमा कोरोना कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो।

जसमध्ये काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरका एक–एक महिला गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

यससँगै देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ११ पुगेको छ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल