Logo

पत्र-पत्रिका

मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का, को–को मन्त्रीलाई हटाइँदै छ ?



काठमाडौं, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुने पक्का भएको छ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा नेताहरू पुगेका हुन्।

एक सचिवालय सदस्यका अनुसार को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने विषयमा भने छलफल हुन बाँकी नै छ। श्रोतका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन्।

त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

‘मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि धकेलिनसक्छ, यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ।’ अर्का एक सचिवालय सदस्यले भने।

त्यस्तै, बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको जानकारी दिए।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल