Logo

समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ पुग्यो, १२०४ संक्रमित थपिए



काठमाडौं, ३ असोज – कोरोना संक्रमण पुष्टि भएर ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको छ।

गौतमका अनुसार देशभरि रहेका प्रयोगशालामा १० हजार ३ सय ३३ नमूना परीक्षण गर्दा ४ सय ८ महिला र ७ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो। पछिल्लो तथ्यांकअनुसार कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना कोरोना भाइरसबाट मुक्त भएको गौतमले बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। ललितपुरमा ३ जना र काठमाडौंमा २ जनाको मृत्यु भएको छ। मोरङ, रौतहट, रुपन्देही, सर्लाही र मकवानपुरमा १–१ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा ५ सय ७० जना, भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बारामा १ सय ११ जना, नवलपुरमा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३, दार्चुलामा २१, बाँकेमा २० जना, सप्तरीमा १९ जना, मकवानपुरमा १८ जना, सर्लाहीमा १५, काभ्रेमा १४, धादिङमा १३ जना र कास्कीमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

रामेछापमा ९ जना, सिरहामा ८ कैलालीमा ८, चितवनमा ७ र सिन्धुपाल्चोकमा ७, झापामा ६, पर्सामा ६, दोलखामा ५, तनहुँमा ५ र लमजुङमा ५ जनालाई कोरोना संक्रमण देखिएको छ।

नुवाकोटमा ४, सिन्धुपाल्चोकमा ४, गोरखामा ४, बर्दियामा ४, ओखलढुंगामा ३, स्याङ्जामा ३, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, सुर्खेतमा ३, डडेलधुरामा ३ र बैतडीमा ३ जनालाई कोरोना संक्रमण देखिएको गौतमले बताए।

त्यसैगरी, पाल्पा, पर्वत, दैलेख, कञ्चनपुर, धनुषा र रौतहटमा २–२ जनालाई कोरोना संक्रमण देखिएको छ। साथै, खोटाङ, प्यूठान, रुपन्देही, महोत्तरी र नवलपरासीमा पनि १–१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल