Logo

समाचार

एकैदिन २०२० जनालाई कोरोना पुष्टि, संक्रमणको संख्या अहिलेसम्मकै उच्च



काठमाडौं, २ असोज – नेपालमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ। एकैदिन कोरोना संक्रमितको संख्या २ हजार २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २ हजार २० जना संक्रमित भेटिएका हुन्।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेका छन्।

संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेका छन्। होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन्।

त्यसमध्ये काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ।

गौतमले काठमाडौंकी ८३ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष र ललितपुरकी ६६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ ८ सय ७१ जना डिस्चार्ज भएका छन्। शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।

संक्रमितमध्ये १ सय ७३ जना आइसियूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन्। चितवनमा १ सय ९१, मोरङमा १ सय १८, सुर्खेतमा १ सय १७, कास्की ८६ र रुपन्देहीमा ८६, बारामा ७८, सुनसरीमा ५८, सप्तरीमा ४५, नवलपरासीमा ४१ जना संक्रमित भेटिएका छन्।

त्यस्तै नवलपरासी पूर्वमा ३९, मकवानपुरमा ३०, रुकुम पश्चिममा २३, सिरहामा १९, बर्दियामा १८, पर्सा र कैलालीमा १७–१७, अछाममा १६, धादिङमा १४ र गोरखामा १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

धनुषा, अर्घाखाँची र रोल्पामा ९–९ जना, कञ्चनपुरमा ७ जना, झापा, रौतहट, काभ्रे, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीमा ६–६, तनहुँमा ५, सिन्धुपाल्चोक, पाल्पा र बाजुरामा ३–३ जना संक्रमित भेटिएका छन्।

उदयपुर, भोजपुर, सर्लाही, बाँके र बैतडीमा २–२ जना र ओखलढुंगा, दोलखा, प्युठान, दैलेख, बझाङ र डोटीमा १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल