Logo

राजनीति

कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना



काठमाडौं, ३१ भदौ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पतालमा भर्ना गरिएको छ।

डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि कोइराला होम आइसोलेसनमा बस्दै आएका थिए।

नेता शशांकको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ।

टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ लगायत छन्।

महामन्त्री डा. कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिएका हुन्।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ओम हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार अस्तपालमा उच्च प्राथमिकता र विशेष निगरानीका साथ उपचार चलिरहेको छ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल