Logo

राजनीति

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सरकारको सिफारिस



काठमाडौं, २९ भदौ – सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उपाध्यक्ष गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो। यसअघि, नेकपा स्थायी समिति बैठकमा नेता गौतमलाई राष्ट्रियसभामा लैजाने सहमति बनेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको थियो।

बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएका गौतमले पनि राष्ट्रियसभामा जाने इच्छा देखाएपछि सरकारले उनको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल