Logo

कर्णाली प्रदेश

वीपी जयन्तीका अवसरमा बिरामीलाई फलफूल वितरण



कालिकोट भदौ २४ – कालिकोटमा बिपी जयन्तीका अवसरमा जिल्ला अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । नेपाली कांग्रेस कालिकोटका सभापती हर्षबहादुर बम, कांग्रेस युवा नेता भुपेन्द्रजंग शाही, कांग्रेस युवा नेता मोतीराज बम, तारा शाहा लगायतका नेताहरुले बिपी जयन्तीका अवसरमा जिल्ला अस्पतालमा करीव ४५ जना बिरामीहरुलाई फलफुल बितरण गरेका हुन्।

नेपाली कांग्रेस कालिकोटले १ सय ७ औ बिपी जयन्तीका अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । कांग्रेसले बुधबार बिहान चियापान, दिउसो पार्टी कार्यालयमा महामानव बिपी कोईरालाको फोटोमा माल्यापण गर्नुका साथै जिल्ला अस्पतालमा बिरामीहरुलाई स्याउ केरा लगायतका फलफुल बितरण गरेको हो ।

कांग्रेस पार्टी सभापती हर्षबहादुर बमले बिपी जयन्तीका अवसरमा बुधबारदेखी तीन दिन बिभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिएको बताए । उनले नेपाली जनतालाई रैतीबाट नागरिकको दर्ता दिलाउने प्रजातान्त्रीक आन्दोलनका अगुवाले देखाएको बाटोमा सबै कांग्रेसजनहरु प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य तथा २०७४ सालको सम्पन्न भएको प्रतिनिधि सभा निर्बाचनका उम्मेद्वार भुपेन्द्रजंग शाहीले नेपालको प्रजातान्त्रीक आन्दोलनमा बिपीले दिएको योगदान र उहाँको बिचार सदा सदा अमर हुने बताए । उनले बिपी जयन्तीका अवसरमा जिल्लाका बिपन्न, बाढी पहिरो पीडितहरुलाई सहयोग पनि गरिने बताए । कार्यक्रममा कांग्रेस युवा नेता मोतीराज बम, महिला नेतृ तारा शाहाले बिपीको बिचारलाई आत्मसाथ गर्दै नेपाली कांग्रेस काटिकोटले सांगाठानिक तथा सामाजिक सेवाका कामहरुलाई निरन्तर गर्ने बताए ।

उनीहरुले जिल्ला अस्पतालमा उपचार गराईरहेका सबै बिरामीहरुको स्वास्थ्य लाभको कामना पनि गरेका थिए । कार्यक्रममा जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटी, डा. बिज्ञान प्रजापती, डा. राजकमल कार्की, डा. किरण शाही, स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महत, मेनका संजाल लगायतका स्वास्थ्यकर्मीहरु लगायतले धन्यबाद दिएका थिए।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल