Logo

समाचार

सिन्धुपाल्चोक पहिरोः २४ जना बेपत्तामध्ये ७ जनाको शव फेला



आशिक तिमल्सिना, काठमाडौं, २८ भदौ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – ७ को भीषण पहिरोमा परी बेपत्ता भएका २४ जनामध्ये ७ जनाको शव फेला परेको छ। त्यहाँ गएराति चार ठाउँमा गएको पहिरोमा पुरिएकामध्ये एक पुरुषसहित सात जनाको शव फेला परेको हाे।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको हो। ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको प्रहरीले जानकारी दिएको छ।

पहिरोमा सर्किनी नेवार, शुकलाल बिक, भक्तिमाया श्रेष्ठ, जुनु बिक, सन्देश बिक, ट्याक्सी शेर्पा र धनलाल नेवारको शव फेला परेको हो। अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य गरिरहेको छ।

पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्निपसाद सापकोटा आज बिहानै पुगेका छन्। पहिरोको खबर प्राप्त हुनसाथ स्थलमार्ग हुँदै काठमाडौंबाट गाडीमा गएको सभामुखसहितको टोलीले पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेको हो।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल