Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए १२ सय १ जना कोरोना संक्रमित



काठमाडौं, २७ भदौ – नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको १० हजार १७६ नमुना परीक्षणमा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। भने उनीहरूमध्ये ३३६ जनाको मृत्यु भएको छ। त्यस्तै, ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन्।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल