Logo

स्वास्थ्य

एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २७ भदौ – पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र ११ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका तीन जना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ। पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, सुनसरीका ४३ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

यससँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल