Logo

समाचार

एकैदिन थपिए १४ सय ५४ काेराेना संक्रमित, नौ सय ७२ जना डिस्चार्ज



काठमाडौं, २६ भदौ – नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

शुक्रबारको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार नौ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा नौ सय ७२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

हालसम्म संक्रमणमुक्त भएर ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमणमुक्त हुने दर ७१ प्रतिशत रहेको जानकारी दिए।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार नौ सय २५ छ। त्यसमध्ये आठ हजार दुई सय ९१ जना संस्थागत र ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा छन्।

संक्रमितमध्ये एक सय ७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल