Logo

प्रदेश-१

मोटरसाइकल चलाउन लगाएर पछाडि बसेका आफ्नै साथीले गरे विभत्स हत्या



काठमाडौं, २१ भदौ – झापाको शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको पुष्टि भएको छ।

झापाको सोही स्थानमा बस्ने २९ वर्षीय गोमनसिंह मगर भदौ १७ गते मृत अस्थामा फेला परेका थिए। घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको प्रहरी टोलीले मगरको हत्या गरी फरार रहेका मनकुमार लिम्बुलाई शनिबार पक्राउ गरेको हो।

शिवसताक्षी ८ का ३२ वर्षीय लिम्बुले १६ गते साँझ ६ः३० बजे गोमन सिंहलाई घुम्न जाउँ भनी घरबाट बोलाएका थिए। साथीले बोलाएपछि मोटरसाईकलमा आएका सिंहलाई सताक्षी धाम मन्दिरतर्फ हावा खान जाम भनी उनी सोही मोटरसाईकल पछाडि बसी घटनास्थलतर्फ लिएर गएका थिए।

आफू मोटरसाईकल पछाडि बसेकै बेला लिम्बुले सिंहलाई पछाडिबाट धारिलो हतियार कर्दले पटक पटक घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले बोकेको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरुबीच आर्थिक लेनदेनमा असमझदारी भएपछि बढेको मनमुटाबले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमार्फत खुल्न आएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल