Logo

राजनीति

पर्यटनमन्त्रीको प्रेरक कर्म: जन्मदिनमा एसिड आक्रमण पीडित मुस्कानलाई दिए ५० हजार



काठमाडौं, २१ भदाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।

मन्त्री भट्टराईले एसिड पीडित खातुनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन्। केही समयअघि एसिड प्रहारबाट घाइते भएकी खातुनको अहिले पनि उपचार उपचार भइरहेको छ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी नगद सहयोग गरेको भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिएका छन्। ‘आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरूमा समर्पित गर्न चाहन्छु, बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको छु, केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको व्यवस्था मिलाउने वचन दिनुभएको छ, मुस्कानलाई डाक्टर बन्ने इच्छा छ, बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पूरा हुनेछ,’ मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

एसिड आक्रमणमा परेकी खातुनलाई केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर शिक्षाको प्रबन्ध गर्ने वचन दिएका थिए। मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको अवसरमा असहाय, पीडित र विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन्।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल