Logo

स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, २० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौंका ३२६ जना, भक्तपुरका ४५ जना र ललितपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। शुक्रबार मात्रै १३ सय ५९ जनामा संक्रमण देखिएको थियो।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल