Logo

समाचार

एकैदिन तीन बालिकालाई बलात्कार गर्ने व्यक्ति प्रहरीको फन्दामा



लमजुङ, २० भदौ – प्रहरीले एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। ११र११ वर्षीया दुई जना र नौ वर्षीया एक जना बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा गुरुङलाई सोही दिन पक्राउ गरेको हो।

सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जानकारी दिएको छ। एघार र नौ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल