Logo

समाचार

बारा र पर्साका थप १८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, २० भदौ – बारा र पर्सा जिल्लाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका १८ जना संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेको नारायणी अस्पतालले जानकारी दिएको छ।

जसमा पर्साको पर्सागढी नगरपालिका र नबिल बैंक वीरगन्ज शाखाका तीन कर्मचारीमा कोरोना पुष्टि भएको छ बताइएको छ।

त्यस्तै जितपुर सैनिक ब्यारेकका तीन सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका तीन प्रहरी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल