Logo

समाज

लेलेको जंगलमा भेटियो अल्का अस्पतालकी कर्मचारीको शव



काठमाडौं, २० भदौ – ललितपुरस्थित अल्का अ्रस्पतालमा कार्यरत एक महिला कर्मचारीको शव लेलेको जंगलमा भेटिएको छ। ललितपुर प्रहरीका अनुसार ३९ वर्षीया गीता केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको हो।

हत्यामा संलग्न रहेको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन्। उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको हो।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ। केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल