Logo

समाचार

कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुग्यो, २५ हजार ५ सय ६१ कोरोनामुक्त



काठमाडौं, १९ भदौ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जनालाई संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १ हजार ३ सय ५४ जना कोरोनामुक्त भएका छन्। देशभरि कोरोनामुक्त हुनेहरूको संख्या २५ हजार ५६१ पुगेको छ।

पछिल्लो पटक १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गरिएको गौतमले बताए। नेपालमा कुल ७ लाख ४५ हजार ४ सय ९० जनाको पिसिआर परीक्षण गरिएको गौतमले बताए।

पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या २ सय ७१ जनाको मृत्यु भएको छ।

गौतमका अनुसार काठमाडौंमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवनमा ८२, सर्लाहीमा ८०, मोरङमा ७६, कैलालीमा ५२, सुनसरीमा ४९, बाँकेमा ४८, महोत्तरीमा ४६, रुपन्देहीमा ४४, धनुषामा ४३, झापामा २८ र नवलपुरमा २८ जनालाई कोरोना संक्रमण भएको छ।

पर्सामा २७, सप्तरीमा २६ र गोरखामा २६, सुर्खेतमा २२, बारामा २१, जुम्लामा २१, कास्कीमा २०, धादिङमा १९, मकवानपुरमा १८, बर्दियामा १४, रामेछापमा १३, तनहुँमा १२, लमजुङमा १० र दैलेखमा ९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

काभ्रेमा ७, कपिलवस्तुमा ७ र दाङमा ७, पाल्पामा ६, नुवाकोटमा ५ र कञ्चनपुरमा ५, सिन्धुपाल्चोकमा ४ र डोटीमा ४, स्याङ्जामा ३, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा ३ जनालाई कोरोना संक्रमण भएको छ।

ओखलढुंगामा २, खोटाङमा २, रौतहटमा २, दोलखामा २, सिन्धुपाल्चोकमा २, गुल्मीमा २ तथा रसुवा, म्याग्दी, बाग्लुङ, उदयपुर, सिरहा, अछाम, रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानमा १–१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल