Logo

राजनीति

अर्थमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने



काठमाडौं, १९ भदौ – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन्।

बिहीबार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका थिए।

राष्ट्रियसभाको रिक्त एक पदमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको सांसद हुने बाटो तत्कालका लागि बन्द भएको छ। यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो। उनले साँझसम्म राजीनामा दिने बताइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै खतिवडालाई धन्यवाद दिएका छन्।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल