Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ कोरोना संक्रमित



काठमाडौं, १८ भदौ – पछिल्लो २४ घण्टामा बिहीबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन्।

यो अवधिमा १३ हजार चार सय १३ जनाको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार आठ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा नौ सय १७ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार दुई सय सात पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको छ। हाल सक्रिय संक्रमित १८ हजार चार सय १३ जना छन्।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल