Logo

समाचार

काठमाडौं उपत्यकामा ३८८ मा कोरोना पुष्टि, देशभरि संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो



काठमाडौं, १७ भदौ – काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो पछिल्लो २४ घण्टाको परीक्षण रिपोर्ट हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गौतमले नेपालमा संक्रमितको संख्या जम्मा ४१ हजार ६ सय ४९ पुगेको बताए। संक्रमितमध्ये २ सय ५१ जनाको मृत्यु भएको छ। २३ हजार २ सय ९० जना कोरोना संक्रमणमुक्त भएको उनले बताए।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३ सय २० जना महिला र ८ सय जना पुरुष रहेका छन्।

उपत्यका बाहिर सबैभन्दा बढी सुनसरीमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। धनुषामा ६३, मोरङमा ५३, सर्लाहीमा ५०, पर्सामा ४९, चितवनमा ४२ र बाँकेमा ४१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

त्यसैगरी, जुम्लामा ३७, महोत्तरीमा ३१, रुपन्देहीमा २७, कास्कीमा २४, बारामा २३, कालिकोटमा २१, लमजुङमा १९, रौतहटमा १८, नवलपुरमा १६, सिरहामा १५, कैलालीमा १३ र झापामा ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बझाङमा ९ जनालाई, दाङमा ६, बर्दियामा ५, तनहुँमा ४, भोजपुरमा ३, कञ्चनपुरमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

ओखलढुंगा, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप र प्युठानमा २–२ जनालाई संक्रमण देखिएको छ।

रोल्पा, दैलेख, अछाम, डडेलधुरा, बैतडी, उदयपुर, खोटाङ, पाँचथर, काभ्रे, नुवाकोट सिन्धुली, गोरखा, पर्वत, स्याङ्जा, अर्घाखाँची र पाल्पामा १–१ जनालाई कोरोना संक्रमण देखिएको छ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल