Logo

समाचार

कोरोना संक्रमणबाट कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु



काठमाडौं, १७ भदौ – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ६० वर्षीया महिलाको बुधबार मृत्यु भएको छ।

भदौ ७ गते कोरोना पुष्टि भएपछि कपिलवस्तु नगरपालिकाका– ११ की महिलालाई कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना गरिएको थियो।

उच्च रक्तचापको बिरामी रहेकी उनमा श्वासप्रश्वासको पनि समस्या रहेको अस्पतालले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल