Logo

आर्थिक

‘धनकुटामा एक सय वार्डको आइशोलेसन निर्माण गर्नुपर्छ, कोरोनाविरुद्धको लडाइँमा सबै जुटौं’



धनकुटा, १६ भदौ – धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आइसियू, भेन्टिलेटरसहितको १० वार्डको उपचार सेवा स्वास्थ्य कार्यालयको भवनको सबैभन्दा माथिल्लो तल्लामा स्थापना गर्दा उपयुक्त हुने सुझाव दिएका छन्।

अध्यक्ष राईले जिल्लामा स्थापनाको तयारीमा रहेको भेन्टिलेटरसहितको सेवा संयन्त्र धनकुटा बसर्पाक छेउको रोडमुनि रहेको जिल्ला स्वास्थ्य कार्यालयको भवनमा राख्न सुझाव दिएका हुने हुन्।

‘पिसिआर ल्याप सबैभन्दा तलको तल्लामा राख्दा ज्यादै उपयुक्त हुन्छ,’ राईले भने, ‘र, स्वास्थ्य कार्यालय धनकुटालाई उपयुक्त स्थानमा राम्रो र सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी सेवा प्रवाह गर्नुपर्छ।’

अहिले सञ्चालन भइरहेको आइशाेलेसन सेन्टरको २० वार्डलाई विस्तार गरी १ सय वार्डको बनाउनु पर्ने अध्यक्ष राईको धारणा छ।

एक सय वार्डको सेवा विस्तार गर्न आवश्यक भएका उल्लेख गर्दै सबैले सहयोग गर्नुपर्नुपर्ने धारणा पनि राईले व्यक्त गरेका छन्।

‘सबै सरोकारवाला निकायहरूलाई सहयोगका लागि हार्दिक अनुरोधका साथ निजी क्षेत्रबाट पनि सबैलाई महत्त्वपूर्ण सहयोग गर्न अपिल गर्दै सहयोग गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गर्दछौं,’ अध्यक्ष राईले भने।

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभाव न्यूनिकरण गर्नका लागि सबै सचेत हुनुपर्ने उल्लेख गर्दै राईले नागरिक समाज र सबै सरोकारवालाहरूलाई एकताबद्ध भएर महामारीविरुद्धको लडाइँको सामना गर्न अपिल गरेका छन्।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल