Logo

विश्व

भारतमा कोरोना कहर: संक्रमितको संख्या ३६ लाख ८७ हजार ९ सय ३९ पुग्यो



दिल्ली, १६ भदौ – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दोदरमा छ। मंगलबार बिहानसम्ममा ३६ लाख ८७ हजार ९ सय ३९ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ६८ हजार ७ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।

साथै कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार ४ सय ३५ पुगेको छ। पछिल्लो चौबिस घण्टामै भारतमा ८ सय १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतमा २८ लाख ३७ हजार ३ सय ७७ जना कोरोनामुक्त भइसकेका छन्। साथै कोरोना सक्रिय भएका व्यक्तिको संख्या ७ लाख ८५ हजार १ सय २७ जना रहेको छ।

भारत कोरोना संक्रमितको सूचिमा तेस्रो स्थानमा छ। त्यसअघि सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६२ लाख ११ हजार ६ सय ८२ संक्रमित भएका छन्।

अमेरिकामा १ लाख ८७ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ। अमेरिकामा ३४ लाख ५४ हजार ८ सय १६ जना कोरोनामुक्त भइसकेका छन्।

साथै दोश्रो स्थानमा रहेको ब्राजिलमा ३९ लाख १० हजार ९ सय १ जनालाई कोरोना संक्रमण भएको छ। ब्राजिलमा १ लाख २१ हजार ५ सय १५ को मृत्यु भएको छ। र, ३० लाख ९७ हजार ७ सय ३४ जना संक्रमित कोरोनामुक्त भइसकेका छन्।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल