Logo

समाचार

विदेशबाट फर्किन चाहने नेपालीलाई राहत, सरकारले के गर्‍यो त्यस्तो निर्णय? (मन्त्रिपरिषदको निर्णयसहित)



काठमाडौं, १४ भदौ – नेपाल सरकारले विदेशबाट दैनिक ८ सय जनालाई स्वदेश फर्काउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले ५ सय रहेको दैनिक कोटालाई बढाएर ८ सय बनाउने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार नियमित र उद्धारमार्फत् ८ सय जनासम्म नेपालीलाई भित्रिन दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार यसरी आउने यात्रुको व्यवस्थापनको सम्पूर्ण जिम्मा पर्यटन मन्त्रालयलाई दिने निर्णय भएको छ।

उडान संख्या, यात्रुको व्यवस्थापन र क्वारन्टाइन तथा आइसोलेसनको क्षमता हेरेर यात्रुलाई व्यवस्थापन गर्ने जिम्मा पनि पर्यटन मन्त्रालयलाई नै सुम्पिइएको छ।

हेर्नुहाेस् नेपाल सरकार मन्त्रिपरिषद बैठककाे निर्णय:

सरकारले मंगलबारबाट नियमित उडान खुलाउने छ। नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी नियमित उडानमार्फत् आउन सक्नेछन्।

साथै सरकारी निर्णयअनुसार गैरआवासीय नेपाली पनि आउन पाउनेछन्। तर, उनीहरूले ७२ घण्टाभित्र पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गारोहरणपछि बजाउन लेखेको गीत

https://www.youtube.com/watch?v=6Goz16sGX7o

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल