Logo

समाज

कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु



काठमाडौं, १५ भदौ – कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ। महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो। नेपालमा कारोना संक्रमणबाट पहिलो पटक पहिलोपटक मृत्यु भएको हो।

मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक निजी क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ।

मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ। श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश २ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रकुमार झाले संक्रमित स्वास्थ्यकर्मीेको मृत्यु भएको पुष्टि गरे। ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्टको रुपमा प्राक्टिस गर्नुहुन्थ्यो र औषधि व्यवसाय पनि गर्नु हुन्थ्यो,’ उनले भने, ‘उहाँमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो।’

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल