Logo

लुम्बिनी प्रदेश

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, ६ जना बेपत्ता



कालिकोट, १४ भदौ – कालिकोटमा आइतबार बिहान पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ। तिलागुफा–१ नाग्ममा चार वटा घर पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको हो।

कालिकोटका स्थायी बासिन्दा तथा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार ६ जना बेपत्ता छन्। युवा नेता शाहीले स्थानीय प्रशासनलाई उद्धृत गर्दै बताएअनुसार पहिरो जाँदा घरभित्र रहेका झण्डै १० जना पुरिएका हुन्।

स्थानीय वीर भेरिकार, धनपति विक, मन्दिर कटुवाल र लली नेपालीको घर पहिरो आएर पुरेको हो। घटनामा ४० वर्षका प्रयाग शाहीको मृत्यु भएको छ।

त्यसैगरी, शाहीकी छोरी ७ वर्षकी हिमा शाही, ५ वर्षका छोरा निराजन शाही र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको कालिकोट प्रहरीले जानकारी दिएको छ।

उद्दारका लागि जुम्लाबाट आएको टोलीले २ जनालाई जीवितै उद्धार गरेको छ। र, उनीहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको शाहीले जानकारी दिए।

अपरान्ह शुरु भएकाे पहिरो हटाउने कार्य अहिले पनि चलिरहेको छ। स्काभेटरको सहायतामा पहिराेसँगै आएकाे ढुंगा र माटाे हटाउने कार्य भइरहेकाे छ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल