Logo

राजनीति

केपी शर्मा ओली बाँचुञ्जेल पार्टी अध्यक्ष र प्रधानमन्त्री, त्यसपछि दोश्रो पुस्ता: ऐन महर



काठमाडौं, १३ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा भ्रातृ संगठन अनेरास्ववियूका संयाेजक ऐन महरले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना अरु कसैसँग हुनै नसक्ने बताएका छन्।

अध्यक्ष महरले राष्ट्रको निर्माणका लागि विचार र दृष्टिकोण चाहिने प्रष्ट पार्दै यसमा स्वास्थ्यको प्रश्नले फरक नपार्ने बताएका हुन्।

समृद्धि र विकासको पथमा सरकार लम्किरहेका बेला अनावश्यक बहस सिर्जना गर्नु तर्कसंगत नहुने धारणा उनले राखेका छन्।

जापानी प्रधानमन्त्री सिञ्जो आवेले स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा गरेपछि सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई पनि राजीनामा गर्न सुझाव दिनेहरूलाई अध्यक्ष महरले कटाक्ष गरेका हुन्।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको तुलना अरुसँग गर्नु न्यायोचित नहुने महरको धारणा छ। बिरामी हुँदा नै नेकपा एमालेको पार्टी अध्यक्ष जित्ने व्यक्ति ओली नै रहेको महरले बताएका छन्।

बिरामी हुँदा नै स्थानीय तहमा नेकपा एमालेलाई एक नम्बर पार्टी बनाउने, नेकपा एमाले र नेकपा माओवादीलाई विघटन गरी नेकपा बनाउने र बिरामी हुँदा नै नेकपालाई एक नम्बर पार्टी बनाउने सर्वोच्च कमाण्डर ओली नै रहेको महरको भनाइ छ।

‘त्यो बेला बिरामी नदेख्नेहरू अहिले ओलीलाई बिरामी देख्न थालेछन्, यो देश कसैले बनाउछ भने त्यो केपी ओलीले बनाउने हो, अरु टेस्टेडहरू ओलीको प्रतिस्पर्धी हुन सक्दैनन्,’ महरले भने।

ओलीले बाचुञ्जेल नेकपाको पार्टी अध्यक्ष र यो देशको प्रधानमन्त्री त्यसपछि दोस्रो पुस्ताले नेतृत्व गर्ने दावी उनले गरेका छन्।

हेर्नुहोस्: प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल