Logo

भारत

भारतमा ३४ लाख ६१ हजारलाई कोरोना संक्रमण, ६२ हजार ६ सय १३ जनाको मृत्यु



दिल्ली, १३ भदौ – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दोदरमा छ। शनिबार बिहानसम्ममा ३४ लाख ६१ हजार २ सय ४० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ७६ हजार ६ सय ६५ जना कोरोना संक्रमित थपिएका छन्।

साथै कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ हजार ६ सय १३ पुगेको छ। पछिल्लो चौबिस घण्टामै भारतमा एक हजार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतमा ७ लाख ९८ हजार ४ सय ६६ जना कोरोनामुक्त भइसकेका छन्। साथै कोरोना सक्रिय भएका व्यक्तिको संख्या १ लाख ६५ हजार २५ जना रहेको छ।

भारत कोरोना संक्रमितको सूचिमा तेस्रो स्थानमा छ। त्यसअघि सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६० लाख ९४ हजार ८ सय ७४ संक्रमित भएका छन्।

अमेरिकामा १ लाख ८५ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ। अमेरिकामा ३३ लाख ७१ हजार ८ सय ६१ जना कोरोनामुक्त भइसकेका छन्।

साथै दोश्रो स्थानमा रहेको ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जनालाई कोरोना संक्रमण भएको छ। ब्राजिलमा १ लाख १९ हजार ५ सय ९४ को मृत्यु भएको छ। र, २९ लाख ७६ हजार ७ सय ९६ जना संक्रमित कोरोनामुक्त भइसकेका छन्।

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल