Logo

राजनीति

उपप्रधान तथा रक्षामन्त्री र गृहमन्त्री आइशोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं, १२ भदौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा शुक्रबार भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो।

स्रोतका अनुसार सचिवालय सदस्यसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित बैठकमा सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित भएको हो। पोखरेल र थापा एक साता आइशोलेसनमा बस्ने भएका छन्।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइशोलेसनमा बसेका थिए। नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएको भोलिपल्ट अर्थात् भदौ १३ गतेलाई सचिवालय बैठक तय भएको थियो।

नेकपाले गठन गरेको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न बैठक डाकिएको थियो। नेकपा स्राेतका अनुसार सचिवालनका दुई सदस्य पाेखरेल र थापा आइशाेलेसनमा बसेकाले बैठक सारिएकाे हाे।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल