Logo

राजनीति

उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण



काठमाडौं, १२ भदौ – उद्योगपति विनोद चौधरीमा कोरोना भाइरसको संक्रमण भएको छ। चौधरीले शुक्रबार दिउसो १२ः५७ बजे ट्विट गरी कोरोना भाइरस पोजिटिभ भएको जानकारी दिएका हुन्।

अर्थपति चौधरीले कोरोना भाइरसको संक्रमण परीक्षण गर्दा शुक्रबार बिहान पोजिटिभ पुष्टि भएको उल्लेख गरेका छन्। यद्यपि, कोरोना भाइरसको कुनै लक्षण नदेखिएको चौधरीले बताएका छन्।

नेपाली कांग्रेसका तर्फबाट सांसद रहेका चौधरीले चिकित्सकको सुझावअनुसार आइशोलेसनमा बसेको बताउँदै आफ्नो सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल