Logo

समाचार

नेपालमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो



काठमाडौं, ११ भदौ – पछिल्लो २४ घण्टामा ८ जनासहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यो कूल संक्रमितको शून्य दशमलब ५२ प्रतिशत हो।

२४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल