Logo

समाचार

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका: राहत वितरण र सामाजिक कार्यमा सक्रिय



पर्शुराम चौहान, काठमाडौं, ११ भदौ – गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड–१९ प्रभावित सर्वसाधारणका लागि राहत वितरण गरेको छ।

विभिन्न किसिमका सामाजिक कार्यहरूमा क्रियाशील फाउण्डेशन निःशुल्क खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको हो।

कोरोना प्रकोपमा पनि स्वस्थ र पोषिलो खानाको पहुँच दिलाउने उद्देश्यले प्रतिष्ठानले खाद्यान्न वितरण गरेको हो।

न्यूयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लिनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्यूयोर्क राज्यका सेनेटरहरू, न्यूयोर्क राज्यका एसेम्ब्ली मेम्बरहरू र न्यूयोर्क शहरका सिटी काउन्सिल मेम्बरहरूले फाउण्डेशनका कार्यक्रम प्रत्यक्ष अवलोकन गरिरहेका छन्।

उनीहरूकै अनुरोधमा फाउण्डेशनले दोस्रो पटक कार्यक्रम अगस्ट २५ मा निःशुल्क खाद्यान्न वितरण गरेको हो। सेवा नै धर्म हो भन्ने नाराका साथ फाउण्डेशनले विभिन्न समुदायका ६ हजार ५ सयलाई खाद्यान्न वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे दिए।

यसै क्रममा मंगलबार बेलुका ६ बजे ७२–२४ ब्रोडवे, ज्याक्सन हाइट्स्, न्यूयोर्कमा १ सय बक्स खाद्यान्न, र २ हजार थान सर्जिकल मास्क वितरण गरेको छ।

उक्त ग्रोसरी र ५ सय थान मास्क क्वीन्सबोरो प्रेसिडेन्ट सारोन ली, ५ सय थान मास्क सेनेटर माइकल ज्यानारेसिस, ५ सय पिस मास्क ऐसेमब्लीमेन माइकल डेनडेक्कर र ५ सय पिस मास्क सेनेटर जोन लुले फाउण्डेशनलाई सहयोग गरेका थिए।

र, यी सामग्रीहरू विभिन्न समुदायका १ सय जनाभन्दा बढी मानिसलाई वितरण गरिएको अध्यक्ष घिमिरेले बताएका छन्।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल