Logo

समाचार

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



भदौ १०, विराटनगर। कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो।

मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन जानकारी दिएको छ। संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।

विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला विराटनगर–११ मा बस्दै आएकी थिइन्। उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जानकारी दिएको छ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन्।

गएराति नै ललितपुरको पाटन अस्पतालमा र बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल