Logo

खेलकुद

साइप्रसमा माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन, अध्यक्षमा सुरेशकुमार साह



साइप्रस, ९ भदौ – युरोपेली देश साइप्रसमा नेपाली युवाहरूलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ।

साइप्रसमा लामो समयसम्म क्रियाशील एवं युवाहरूलाई एकीकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाइरहेका समाजसेवी सुरेशकुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो।

क्लबको उपाध्यक्षमा समाजसेवी सुवास मल्ल, सचिवमा भुवन अचार्य, कोषाध्यक्ष कृप थापा चयन भएका छन्। सदस्य किस्मत पौडेल रहेका छन्।

त्यस्तै टिमको कप्तानमा विमल रानाभाट, टिम म्यानेजर भुवन अचार्य, सहकप्तान जीवन लम्साल र खेलाडीहरूमा रामकुमार जैसवाल, अजुर्न साह, आशिष बाम, श्याम पण्डित, भीमसेन बस्नेत, कमल शर्मा, नरेन्द्र झा, अजित गुप्ता, सचिन बोहरा, विकास क्षेत्री चयन भएका छन्।

साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजीवन पञ्जियार, युवा उद्यामी रञ्जीत महतो र एनआरएनए साइप्रसकी अध्यक्ष दिलकुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोनयन गरेको छ।

साइप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरू जो क्रिकेट मन पराउनेहरूलाई एकीकृत गरी नेपाललाई चिनाउन यो क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली संघ साइप्रसकी अध्यक्ष पुनले बताएकी छिन्।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल