Logo

राजनीति

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रञ्जितको निधन



काठमाडौं, ९ भदौ – नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–२१ का सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण निधन भएको छ।

नेपाली कांग्रेसका एक असल नेताको रुपमा स्थापित सामाजिक अगुवा रञ्जितको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। रञ्जित विकासका पक्षधर, सामाजिक अगुवाका रुपमा परिचित छन्।

नेपाली कांग्रेस प्रवक्ता सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले ट्वीट गरेर नेता रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘अल बिदा गोविन्द दाइ, कोरोनाबाट दैनिक आधा दर्जनभन्दा बढीको मृत्यु भएको विवरण आइरहेका छन्, प्रत्येक आफन्तको मृत्युप्रति हामी सबै मर्माहत छौं, आज नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर–२१ का सभापति गोविन्द रञ्जितको निधन भएको छ, उहाँलगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली,’ प्रवक्ता शर्माले लेखेका छन्।

यसअघि, भदौ २ गते बिहान पाटन अस्पतालमै उपचाररत नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्रको मृत्यु भएको थियो।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

संसदमा भ्रष्टविरुद्ध आगो ओकल्ने सांसद

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल