Logo

राजनीति

‘कोरोना प्रकोप नियन्त्रणमा सरकार असफल भयो, नागरिकको स्वास्थ्यका लागि आन्दोलन थाल्छौं’



काठमाडौं, ९ भदौ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले कोरोना प्रकोप नियन्त्रणमा सरकार पूर्णतः असफल भएको बताएका छन्।

अध्यक्ष लिङदेनले नागरिकको स्वास्थ्य सुरक्षा र जनजीविकाका पक्षमा आन्दोलन शुरु गर्नुपर्ने अवस्था वर्तमान सरकारले सिर्जना गर्ने बताएका छन्।

एशिया सञ्चारसँगको कुराकानीमा संघीय लिम्बुवान मञ्चका अध्यक्ष लिङदेनले कोरोना भाइरसको प्रकोप दिनैपिच्छे बढिरहँदा केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमै लिप्त भएको टिप्पणी गरेका हुन्।

‘ओली नेतृत्वको सरकार कति अदुरदर्शी र विवेकहीन छ भन्ने कुराको पुष्टि नीति तथा कार्यक्रमले नै पुष्टि गरिसकेको छ,’ लिङदेनले भने, ‘कोरोना महामारीले नागरिकको ज्यान गइरहँदा सरकारको वास्तविक चरित्र प्रष्ट भएको छ।’

जनअपेक्षा पूरा गर्न नसक्ने प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने तर्क गर्दै लिङदेनले अब वर्तमान सरकारसँग नागरिकले कुनै अपेक्षा नराख्दै राम्रो हुने प्रष्ट पारे।

‘पिसिआर परीक्षणको दायरा बढाउन पनि आन्दोलन गर्नुप¥यो, अब नागरिकका न्यूनतम आवश्यकता पूरा गर्नका लागि अझै सशक्त आन्दोलन गर्नुपर्ने समय आयो,’ अध्यक्ष लिङदेनले भने।

आधारभूत तहका नागरिकको रोजगारी गुमे पनि सरकारले कुनै राहतको कार्यक्रम नल्याएकाले अब चरणबद्ध रुपमा आन्दोलन थाल्ने अध्यक्ष लिङदेनले बताए।

‘सत्याग्रहसहितका सशक्त आन्दोलन गर्नेबारे पार्टीमा छलफल भइरहेको छ, सरकारलाई जनउत्तरदायी बनाउनका लागि हामी जुनसुकै बेला आन्दोलन शुरु गर्न सक्छौं, सरकारले नागरिकका माग सुनोस्, नभए आन्दोलनको आँधी शुरु हुन्छ,’ उनले भने।

कोरोना प्रकोपमा पनि समन्वयकारी भूमिकाको अभाव र ओलीको असहिष्णु प्रवृतिका कारण देश गम्भीर संकटतर्फ गएको बताउँदै लिङदेनले सबै राजनीतिक दल एकठाउँमा आएर सरकारलाई निरंकुश बन्नबाट रोक्नुपर्ने धारणा राखेका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल